“हरित उर्जाको प्रयोग गरी पैसा तथा विश्वलाई वचाऔं ।”

  • स्वास्थ्यको लागि खतरामुक्त
    धुवां गन्ध नआउने
  • ग्यास भन्दा सस्तो
    किफायती

झारबाट मासिक १२ हजार

नारायणगढ । कोराक–८ ढाँडखोलाका चेपाङ समुदायको दैनिकी ज्याला मजदुरीमै चलेको छ । परम्परागत खेतीबाट ६ महिनामात्रै खान पुग्ने चेपाङ समुदायले बाँकी समय ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छन् । तर, पूर्णबहादुर चेपाङसहित १६ जनाको दैनिकी भने अहिले अलि फरक भएको छ । गत फागुनमा नमुना बायोमास प्रालिले चारकोल बनाउने कच्चा पदार्थ उत्पादनको लागि कोराकमै पुगेर स्थानीयलाई तालिम दिएपछि उनीहरुको दैनिकी फेरिएको हो । ‘पहिला ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टार्नु पथ्र्यो’ समूहका पूर्णबहादुर प्रजाले भने, ‘अहिले दैनिकी केही फेरिएको छ ।’ उनीहरुले तालिम लिएपछि तत्काल काम सुरू गरेका हुन् । आफ्नै गाउँमा रोजगार पाएकोमा यहाँका चेपाङ समुदाय खुसी छन् । ‘सुरूमा त यस्ता झारपात पोलेर नि पैसा पाइन्छ र भन्ने लाग्थ्यो, तर होइन रहेछ’ उनले भने । उनको श्रीमती र छोरी पनि यही समूहमा रहेर चारकोलको लागि कच्चा पदार्थ उत्पादन गर्छन् । जसले गर्दा १५ जना परिवारको लालनपालनमा सजिलो भएको उनी बताउँछन् । उनी भन्छन्, ‘ज्याला मजदुरीले छाक टार्न मात्रै ठिक्क हुन्थ्यो, अहिले छोराछोरी पढाउन, दुःख बिमार हुँदा अन्त ऋण खोज्नु परेको छैन ।’ सुरूमा एक पटक लगानी गरिसकेपछि पटक–पटक लगानी गरिरहनु नपर्ने भएकोले पनि उनीहरुलाई यो पेसा अपनाउन सजिलो भएको छ । किरानटारमा रहेको साना किसान तथा सहकारी संस्थाबाट लिएको ४० हजार रूपैयाँ ऋणसहित समूहबाट संकलन गरेर दुईवटा भाँडा खरिद गरेर कच्चा पदार्थ उत्पादन सुरू गरेको समूहलाई लगत्तै घरेलु तथा साना उद्योगले जम्मा ७ हजार रूपैयाँमा एउटा भाँडा उपलब्ध गराएको थियो । उनीहरु अहिले त्यही भाँडाबाट कच्चा पदार्थ उत्पादन गरिरहेका छन् । उत्पादकले कच्चा पदार्थ उत्पादन गरिसकेपछि प्रतिकेजी १४ रूपैयाँ पाउँछन् । उत्पादन भएको कच्चा पदार्थ स्वयम् नमूना बायोमासले नै लिने भएकोले पनि उनीहरुलाई कच्चा पदार्थ उत्पादन गरिसकेपछि कहाँ लगेर बेच्ने भन्ने चिन्ता छैन । उनीहरुले चारकोलको कच्चा पदार्थ उत्पादन गरेरै मासिक प्रतिव्यक्ति १० देखि १२ हजार रूपैयाँ आम्दानी गरिरहेका छन् । तर, मेहेनेतअनुसार पारिश्रमिक भने कम भएको उनीहरुको गुनासो छ । कोराक, भरतपुरस्थित रामबेल सामुदायिक वन, नवजागृती सामुदायिक वन, उदयपुर समुदायिक वन पदमपुरलगायत विभिन्न सामुदायिक वनहरुबाट अहिले चारकोल उत्पादन गर्दै आएको छ । जंगलमा रहेको वनमारालगायतका मिचाहा प्रवृत्तिका झारबाट चारकोल बनाउने गरिन्छ । घरायसी प्रयोजनका साथै विभिन्न होटलहरुमा समेत इन्धनको रुपमा चारकोलको प्रयोग गर्दै आएको छ । जिल्लामा ३० वटा समूहले कच्चा उत्पादन गर्दै आएको नमूना बायोमासले जनाएको छ । सन् २०१४ देखि सुरू गरेको नमूनाले चारकोल उत्पादनमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १५० जनाभन्दा बढीले आफ्नै ठाउँमा रोजगार पाएको दाबी गरेको छ ।

Source:

http://echitwanpost.com/chitwan/42338/09_07?utm_source=Viber&utm_medium=Chat&utm_campaign=Private